Connect IPS
IME Life

सिवाईसी नेपालको आइपीओ बाँडफाँड, ३६ हजार ९ सय ४८ जनाले १० कित्ता पाउँदा भाग्यमानी ८ जनाले पाए ११ कित्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज नक्साल स्थित क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आइपीओमा कुल २२ लाख ५ हजार ६ सय ६३ जनाको आवेदन परेको थियो । जसमध्ये ३ हजार २ सय ७२ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका २२ लाख २ हजार ३ सय ६१ जना आवेदकलाई गोलाप्रथाबाट आइपीओ बाँडफाँड गरिएको छ ।

Prabhu
Crest

जसअनुसार गोलाप्रथाबाट ३६ हजार ९ सय ४८ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । जसमध्ये ८ जनाले थप १ कित्ता गरी ११ कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएकामध्ये २१ लाख ६८ हजार ६ सय ८५ जना आवेदकको हात खाली भएको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरका ३ लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये जारी पूँजीको ० दशमलव ५० प्रतिशत अर्थात ६ हजार ८२ कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ । त्यस्तै ५ प्रतिशत शेयर अर्थात १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफाड गरी बाकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिने व्यवस्था थियो ।

कम्पनीको आईपीओले एनपी डबल बी माइनस रेटिङ पाएको छ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम जोखिम रहेको देखाउँछ ।

हाल संस्थापक समुहको ६७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीको चुक्तापूँजी ८ करोड २१ लाख ८ हजार रहेको छ । कम्पनीमा १ वटा संस्था सहित ९९ जना संस्थापक शेयरधनीहरुको पूँजी लगानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS