Connect IPS
IME Life

नाडेप लघुवित्तको नाफा ५ करोड ६९ लाख, प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६२ पैसा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार समिक्षा अवधिसम्म संस्थाले ५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिको तुलनामा संस्थाको नाफा ४९ दशमलव ९८ प्रतिशतले कमी हो । गत वर्ष यही अवधिमा संस्थाले ११ करोड ३७ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ५१ दशमलव २० प्रतिशतले घटेर ८ करोड ६७ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १७ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।

Prabhu
Crest

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी तथा संचालन मुनाफामा गिरावट आएसँगै संस्थाको मुनाफा घटेको हो । समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ दशमलव १४ प्रतिशतले घटेर २९ करोड १७ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ३६ करोड ७ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ६२ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १६९ पैयाँ ५७ पैसा रहेको छ भने तरलता अनुपात ८.३५ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS