काठमाडौं । सिन्धु विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षकोको सोही अवधिमा २१ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ५६ लाख नाफा कमाएको थियो । कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा ४ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ ।
चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएको छ । खुद ब्याज आम्दानी गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ८ प्रतिशत र सञ्चालन नाफा २१ प्रतिशत वृद्धि भएकाले नाफा बढेको हो ।
त्यसैगरी कम्पनीको चुक्तापूँजी ५५ करोड ७४ लाख रहेको छ । चालू आर्थिक ववर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू।११ करोड ६९ लाख सञ्चित गरेको छ । चालू आवमा कम्पनीले ४ अर्ब ४० करोड निक्षेप संकलन गरेको छ भने ३ अर्ब ४८ करोड कर्जा लगानी गरेको छ ।
गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५३ पैसा रहेकोमा चालू आर्थिक वर्षमा बढेर १० रुपैयाँ ३६ पैसा रहेको छ ।