काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको लागि घोषणा गरेकोे ३० प्रतिशत बोनश शेयर वितरण गरेको छ । कम्पनीले गत पुस २८ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृत पश्चात बैशाख ११ गतेदेखि वितरण गर्न लागेको जनाएको छ ।
कम्पनीले उक्त बोनश शेयर बापतको ५ लाख २८ हजार ५०९ दशमलव ११९१ कित्ता शेयर वैशाख ९ गते धितोपत्र दोस्रो बजारमा सूचिकृत गराएको थियो । हितग्राही खातामा बोनस शेयर प्राप्त गरेका शेयरधनीहरुले कारोबार गर्न सक्नेछन् ।
यस वर्ष कम्पनीले बोनश शेयर कर प्रयोजनका लागि नगद लाभांश भने दिएको छैन । २०७७ साल असार २६ गतेपश्चात शेयर खरीद गरी कायम सदस्यहरुले भने बनेनश शेयरमा लाग्ने कर बापतको रकम भुक्तानी गर्नु पर्नेछ ।
कर बापतको रकम जम्मा भएपछि मात्र सम्बन्धित शेयरधनीहरुको हक बापतको बोनस शेयर हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।