IME Life

एनआईसी एशिया बैंकमा खाता खोल्ने ग्राहकले ५ हजारसम्म छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकले अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा ५ हजार सम्म छुट उपलब्ध हुने योजना ल्याएको छ । जसअनुसार दराज, ग्यापु, सस्तो डिल, भोज माण्डु, फुड बाईट (कुईकर), यूजी बजार, खानपिन जस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा एवं ट्याक्सीमाण्डु, यती एयरलाइन्स, सोनी लिभ र एएल्टी बालाजीका अनलाईन प्लेटफर्म मार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा एनआईशीको मोबाइल बैंकिङमार्फत अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिइने जनाएको छ ।

यसका लागि ग्राहकले यस बैंकको वेबसाइटबाट अनलाईन खाता खोलि उक्त खाता पूर्ण रुपमा सुचारु भएपश्चात् बैंकले ग्राहकलाई एसएमएस वा इमेल मार्फत माथि उल्लेखित मर्चेन्टहरु द्वारा प्रदान गरिएको प्रोमो कोड वा डिस्काउण्ट लिंक पठाउने व्यवस्था गरेको छ ।

Prabhu
Crest

बैंकले पठाएको प्रोमो कोड वा डिस्काउण्ट लिंक प्रयोग गरी छुट प्राप्त गर्न सकिनेछ । यो योजना २०७९ आषाढ मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।

बैंकले हाल ३५८ शाखा, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS