काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीको आइपीओ विक्री प्रबन्धकमा पनि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको थियो ।
अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम बैशाख ९ गतेदेखि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडबाट भएको कम्पनीले जनाएको छ ।
कम्पनीले चैत २५ गतेदेखि २५ गतेसम्म आइपीओ जारी गरी बैशाख ९ गते बाँडफाँड गरेको हो । उक्त आइपीओ २२ हजार ११५ जनाले पाएका छन् । जसमध्ये २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले शेयर पाएका हुन् ।