काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले लिलामी शेयर बाँडफाँड तथा रकम फिर्ता गरेको छ । कम्पनीले सर्वसाधारण समूहको १ लाख २० हजार १२० कित्ता शेयर विक्रीका लागि चैत १६ गतेदेखि २४ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । उक्त अवधिमा प्राप्त बोलपत्रदाताहरुलाई बैशाख ७ गते बाँडफाँड गरिएको हो ।
कम्पनीले शेयरको कटअफ मूल्य २०२ रुपैयाँ ६ पैसा तोकेर यस शेयर लिलामीमा ल्याएको हो । कम्पनीले गत माघ ७ गतेदेखि फागुन १६ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको उक्त शेयर लिलामी प्रक्रिया मार्फत विक्री खुला गरेको हो ।
कम्पनीले बाँडफाँडमा नपरेको शेयर बापतको रकम बैशाख ११ गते आज देखि बोलपत्रवालाले आफ्नो बोलपत्र फारममा उल्लेख बैंक खातामा पठाउने जनाएको छ ।