Connect IPS
IME Life

सिभिल क्यापिटलमा निशुल्क डिम्याट खाता खोल्न पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले ग्राहकको सेवा सुविधा र आवश्यकतालाई प्राथमिकतामा राखी निशुल्क खाता सेवा संचालनमा ल्याएको छ । यो सुविधा भने अर्काे सूचना जारी नभएसम्म लागू हुने बैंकले जनाएको छ ।

यस सेवा अन्तर्गत २०७९ आषाढ मसान्तसम्म नयां डिम्याट खाता रजिष्ट्रेशन, पहिलो वर्षको नविकण शुल्कमा लाग्ने १५० रुपैयाँ निःशुल्क गरिएको छ । साथै मेरो शेयर खाता खोल्दा लाग्ने ५० रुपैयाँ शुल्क भने कम्पनीले लिने डिपि विभाग प्रमुख मणीराज काफ्लेले बताए ।
त्यसै गरी पिएमएस करपोरेट एडभाइजरी सेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलेले बताए । । पिएमएस करपोरेट एडभाइजरी सेवामा २०७९ आषाढ मसान्तसम्म नयाँ कारोवार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ ।

Prabhu
Crest

विगत १३ बर्षदेखी सेवारत यस संस्थाले प्राथमिक शेयर निश्कासन (आइपिओ), निक्षेप सदस्य (डिपी), लगानी व्यवस्थापकको कार्य (पिएमएस), शेयर प्रत्याभुति र संस्थागत परामर्श सेवा लगायत पुजीँबजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ । शुरुदेखि हालसम्म आइपिओ ३० वटा, आरटीएस ३५ वटा, राइट शेयर ३२ वटा, शेयर लिलामी २० वटा गरि विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गर्दै आइरहेको छ । निकट भविष्यमा नै सामुहिक लागानी कोष शुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताए । यस संस्थाले निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया , लगानी व्यवस्थापको कार्यको सुझाव, आइपिओ परामर्श लगायतका सेवाहरु सिभिल बैंक लि.को सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने ढुङ्गेलले बताए । यो योजना यहि २०७९ साल बैशाख ११ गते आइतवारबाट लागु हुनेछ ।

संस्थाले सन्ध्याकालिन सेवाको समेत संचालन गरिरहेको छ । साथै , आगामाी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली दु्रत गतिमा आधुनिकिकरण गर्दै ग्राहकवर्गलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्नका साथै निकट भविष्यमा नै डिपी खाता अनलाइन सेवा मार्फत खोल्न सकिने सुविधा ल्याउन लागिएको प्रमुख कार्यकारी अधिकृतले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS