काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई इक्रा नेपाल लिमिटेडले इक्राएनपी–आईआर बीबी माइनस निष्काशनकर्ता रेटिङ प्रदान गरेको छ । इक्रा नेपालले उक्त रेटिङ निष्काशनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी रायमात्र भएको र यो कुनै खास विशेषको राय भने नरहेको जनाएको छ ।
कम्पनीले सर्वसाधारणा शेयर निष्काशन गर्ने भएको छ । जसका लगि कम्पनीले इक्रा नेपालमा रेटिङ गराएको हो । कम्पनीले यसअघि नै आइपीओ निष्काशन गर्न शेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिसकेको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।