काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले बैशाख २३ गते विशेष साधारणसभा डाकेको छ । कम्पनीको बैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ सञ्चालको नियुक्तिका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।
कम्पनीले सञ्चालक विष्णु प्रसाद पाण्डले दिएको राजिनामा स्वीकृत तथा नयाँ सञ्चालक नियुक्ति गर्ने प्रस्ताव विशेष साधारणसभामा पेश गर्ने भएको छ । कम्पनीको रिजष्ट्रार कार्यालय धोबिघाट स्थित भर्चुअल माध्यम मार्फत सभा सञ्चालन गर्नेछ । विशेष साधारणसभा प्रयोजनका लागि बैशाख २३ गते एक दिन बुक क्लोज हुनेछ ।