काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । संस्थाले शुक्रवार विहान गरेको बाँडफाँडको नतिजा मेरो शेयरको आइपिओ नतिजा हेर्ने वेवसाइट तथा नेपाल एसबिआइ मर्चेन्टको वेवसाइटबाट हेर्न सकिनेछ ।
मेरो शेयरको वेवसाइटबाट उपकार लघुवित्तको नाममा क्लिक गरेर आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर नतिजा हेर्न सकिनेछ ।
धितोपत निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्टको कार्यालय हात्तीसारमा सम्पन्न भएको बाँडफाँडमा गोलाप्रथाबाट २२ हजार १५० जनाले १०/१० कित्ताको दरले शेयर प्राप्त गरेका छन् । उनिहरु मध्ये ६ जनाले थप एक कित्ता सहित ११ कित्ता प्राप्त गरेका छन् ।
संस्थाले चैत २५ गदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो । संस्थाले सर्वसाधारण समुह तर्फको २ लाख ३६ हजार २५० कित्ता मध्ये कर्मचारीहरुको लागि ३ हजार ३८१ कित्ता र सामुहिक लगानीकोषका लागि ११ हजार ८१३ कित्ता शेयर बाँडफाँड गरेको छ ।
संस्थाको आइपिओमा २३ लाख ५१ हजार ४६२ जनाले २ करोड ६२ लाख कित्ताको लागि आवेदन दिएका थिए । जम्मा आवेदक मध्ये २४०६ जनाको आवेदन रद्द भएको छ ।