काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । धितोपत निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्टको कार्यालय हात्तीसारमा सम्पन्न भएको बाँडफाँडमा गोलाप्रथाबाट २२ हजार १५० जनाले १०/१० कित्ताको दरले शेयर प्राप्त गरेका छन् । उनिहरु मध्ये ६ जनाले थप एक कित्ता सहित ११ कित्ता प्राप्त गरेका छन् ।
संस्थाले चैत २५ गदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो । संस्थाले सर्वसाधारण समुह तर्फको २ लाख ३६ हजार २५० कित्ता मध्ये कर्मचारीहरुको लागि ३ हजार ३८१ कित्ता र सामुहिक लगानीकोषका लागि ११ हजार ८१३ कित्ता शेयर बाँडफाँड गरेको छ ।
संस्थाको आइपिओमा २३ लाख ५१ हजार ४६२ जनाले २ करोड ६२ लाख कित्ताको लागि आवेदन दिएका थिए । जम्मा आवेदक मध्ये २४०६ जनाको आवेदन रद्द भएको छ । आइपिओ परे नपरेको नतिजा मेरो शेयरको अनलाइन एप्लिकेसनबाट हेर्न सकिनेछ ।