काठमाडौं । ज्योति विकास बैंकले काठमाडौं महानगरीय प्रहरी वृत लैनचौरलाई सीसी टिभी क्यामेरा हस्तान्तरण गरेको छ । बैंकले हाम्रो विकास प्रवर्द्धन कोषमार्फत प्रहरी वृतलाई सीसी टिभी क्यामेरा हस्तान्तरण गरेको हो ।
ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश डंगोलले संयुक्त रुपमा महानगरीय प्रहरी वृत लैनचौरका प्रहरी नायब उपरीक्षक दुर्गा प्रसाद दाहाललाई सीसी क्यामेरा हस्तान्तरण गरेका हुन् ।
बैंकले महानगरीय प्रहरी वृत कार्यालयको हिरासतमा रहेका थुनुवाहरुको सुरक्षा, कार्यालयको आन्तरिक सुरक्षा र नागरिकलाई पारदर्शी सेवा प्रदान गर्ने कार्यलाई सहयोग पुर्याउने हेतुले उक्त सहयोग गरेको हो।
ज्योति विकास बैंकले हाल ११६ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६४ वटा एटिएममार्फत आफ्नो ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।