काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय निकायको चुनावी प्रतिवद्धता पत्रमा सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा भन्ने नारा उल्लेख गरेको छ । राप्रपाले सबै नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ्य बीमा दिने प्रतिवद्धता व्यक्त गरेको हो । राप्रपाले बुधबार आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
यस्ता नारा हरेक चुनावमा राजनीतिक दलले उल्लेख गर्ने गरेका छन् । नारा सुन्दा र हेर्दा जति राम्रा सुनिए पनि कार्यान्वयनको पाटो भने एकदमै फितलो हुने गरेको छ ।
५५५३९Chair graphics