Connect IPS
IME Life

समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत २९ गतेदेखि हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा ल्याएको हो । लिलामी शेयरमा आवेदन दिन इच्छुक आवेदकले आज बैंकिङ् समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीले हकप्रद शेयरमा नबिकेको ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर लिलामीमा विक्री खुला गरेको हो । उक्त शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ ।

Prabhu
Crest

उक्त शेयरमा बोलपत्र पेश गर्दा संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन पाइने छ भने सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने छ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।

शिलबन्दी बोलपत्र विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढी शाखा र कम्पनीको केन्द्रीय कार्यालय तथा काठमाडौं, चितवन, पोखरा र बुटवल शाखा कार्यालयमा पेश गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS