काठमाडौं । महालक्ष्मी विकास बैंकको मुनाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाशिक अवधिमा ७६.९८ प्रतिशतले सुधार गर्न सफल भएको छ । बैंकले यस अवधिमा ६९ करोड ५७ लाख रुपैयाँ मुनाफा आर्जन गवरेको छ । गत वर्षको यहि अवधिमा ४१ करोड ७७ लाख रुपैयाँ थियो । वितरण योग्य मुनाफा भने ४५ करोड ८३ लाख रुपैयाँ छ ।
खुद व्याज आम्दानी १५.६४ प्रतिशतले मात्रै सुधार भएको छ यस अवधिमा बैंकले एक अर्ब ३४ करोड रुपैयाँ आर्जन गरेको छ ।
गत असारको तुलनामा बैंकको निक्षेप संकलन ८.२१ प्रतिशतले सुधार हुँदा कर्जा विस्तार भने २६.५१ प्रतिशतले बृद्धि भएको छ । बैंकले ४१ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको छ ।
चुक्ता पूँजी ४ अर्ब एक करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब २४ करोड रुपैयाँ जम्मा भएको छ । बैंकको खराव कर्जामा उल्लेख्य सुधार आएको छ । गत वर्षको यहि अवधिमा ४.४४ प्रतिशत रहेको खराव कर्जा २.८९ प्रतिशतमा झारेको हो । प्रतिशेयर आम्दानी २३ रुपैयाँ छ ।