Connect IPS
IME Life

नविल बैंकको खुद व्याज आम्दानी २९.३० प्रतिशतले बढ्दा मुनाफा ८.९१ प्रतिशतले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नविल बैंकको मुनाफामा ८.९१ प्रतिशतले गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाशिक अवधिमा तीन अर्ब ६७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी गत आर्थिक वर्षको यहि अवधिमा बैंकले तीन अर्ब ६७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । वितरण योग्य मुनाफा भने २ अर्ब १६ करोड रुपैयाँ छ ।

समिक्षा अवधिमा खुद व्याज आम्दानी २९.३० प्रतिशतले बढे पनि नाफा भने घटेको हो । यस अवधिमा बैंकले ६ अर्ब ५९ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा ५ अर्ब ९ करोड रुपैयाँ थियो । वर्ष सम्भावित जोखिम बापत ६१ करोड ५० लाख रुपैयाँ प्रोभिजनिङ गर्नु पर्दा मुनाफामा गिरावट देखिएको हो ।

Prabhu
Crest

गत असारको तुलनामा बैंकको निक्षेप संकलन ४.८१ प्रतिशतले सुधार हुँदा कर्जा विस्तार भने १२.१० प्रतिशतले बढेको छ । समिक्षा अवधिमा बैंकले २ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्ता पूँजी १८ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १६ अर्ब ६९ करोड रुपैयाँ जम्मा भएको छ । खराव कर्जा १.१४ प्रतिशत पुगेको छ । गत वर्ष खराव कर्जा जम्मा ०.४८ प्रतिशत थियो । प्रतिशेयर आम्दानी ३५ रुपैयाँबाट २४ रुपैयाँमा झरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS