Connect IPS
IME Life

सभा प्रयोजनका लागि यूनियन लाइफको बुक क्लोज मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले आगामी बैशाख १३ गते बुक क्लोज गर्ने भएको हो ।

कम्पनीले बैशाख २३ गते हुने साधारण सभाको लागि बुक क्लोज मिति तय गरेको हो । यस आधारमा बैशाख १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

Prabhu
Crest

सभा टाइगर प्यालेस रिर्सोट भैरहवा, रुपन्देहीमा बिहान १०ः ३० बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आर्थिक वर्ष २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले कम्पनी तथा अन्य जीबन बीमा कम्पनी बीच एक आपसमा मर्जर तथा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS