काठमाडौं । नारायणी डेभलपमेन्ट बैंककाको लिलामी शेयर बाँडफाँड गरिएको छ । कम्पनीले संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता शेयर विक्रीका लागि चैत १० गतेदेखि १७ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । उक्त अवधिमा प्राप्त बोलपत्र चैत २४ गते बाँडफाँड गरेको बैंकले जनाएको छ ।
कम्पनीले संस्थापक समूहको शेयरको कटअफ मूल्य प्रतिकित्ता ११५ रुपैयाँ ३८ पैसा र सर्वसाधारण समूहको कटअफ मूल्य ४२२ रुपैयाँ तोकेर यस शेयर लिलामीमा ल्याएको हो ।
कम्पनीले बाँडफाँडमा नपरेको शेयर बापतको रकम वैशाख ५ गतेदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फारममा उल्लेख बैंक खातामा पठाउने बैंकले सोही सुचना मार्फत जनाएको छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।