काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २९ दशमलव ६० अंकले घटेर २,३८५ दशमलव ६४ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ४४ करोड ७ लाख २३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । आज कम्पनीको ४ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई डिवेञ्चरकोे ४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोडमाथिको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।