काठमाडौं । एफपीओ निष्काशनका लागि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाले नियकामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । उन्नति सहकार्य लघुवित्तले प्रतिकित्ता १५९ रुपैयाँमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले बोर्डमा २०७८ चैत २५ गते निवेदन दिएको हो । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी समता घरेलु लघुवित्तले प्रतिकित्ता १५९ दशमलव शून्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्काशन गर्नका लागि चैत २९ गते बोर्डमा निवेदन दिएको हो ।
जसका लागि समता घरेलु लघुवित्त वित्तिय संस्थाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई प्रत्याभुतिकर्ताको रुपमा नियुक्त गरिसकेको छ। विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।