काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्री गर्न लागेको हो ।
शेयरको मूल्य प्रतिकित्ता मूल्य र शेयर संख्या भने खुलाइएको छैन । उक्त शेयर खरीद गर्न ईच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय, कमलादीमा निवेदन पेश गर्न आग्रह गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्यक्ति वा संस्थालाई विक्री गरिने संस्थाले जनाएको छ ।