काठमाडौं । खारे इन्भेष्टमेन्ट लिमिटेडको विशेष साधारण सभा बैशाख १६ गते हुने भएको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त विशेष सभाको मिति तय गरेको हो ।
उक्त सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमााडौंमा बिहान ११ बजे शुरु गर्ने निर्णय गरेको हो । सभाको प्रस्तावमा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, होंगुखोला १ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्रको हक हस्तान्तरण गर्ने र प्रस्ताव नं (ख) बमोजिम कार्यको लागि अख्तियारी दिने एजेण्डा रहेको छ ।