Connect IPS
IME Life

बैशाख महिनामा टार्गेट पुरा गर्ने अभिकर्ताले हेलिकप्टर मार्फत गोसाईकुण्डको दर्शन गर्न पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बैशाख महिनामा तोकिएको टार्गेट पुरा गर्ने अभिकर्तालाई हेलिकप्टरद्धारा गोसाईकुण्डको दर्शन गराउने भएको छ । बैशाख महिनामा मात्रै १० लाख वा सो भन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले यस्तो सुविधा पाउने भएका हुन् । यो योजना बैशाख ३० गतेसम्म मात्रै रहनेछ ।

बैशाख महिनामा आफ्नै कोडबाट ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले नियमित कमिशनका अतिरिक्त थप ५०० रुपैयाँ इन्सेन्टिभ प्राप्त गर्नेछन् । त्यस्तै ७५ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले टिसर्ट पाउने छन् । एक लाख रुपैयाँ आर्जन गर्नेले टिसर्ट र थप ५०० रुपैयाँ, एक लाख ५० हजार रुपैयाँ आर्जन गर्नले टिसर्ट र १६२५ रुपैयाँ, २ लाख रुपैयाँ आर्जन गर्नेले टिसर्ट र तीन हजार रुपैयाँ इन्सेन्टिभ पाउने छन् ।

Prabhu
Crest

यस योजनामा संस्थागत अभिकर्ताहरुलाई समावेश गरिएको छैन । प्राप्त हुने इन्सेन्टिभमा नियमन अनुसार १५ प्रतिशत कर कट्टि हुनेछ । प्रथम बीमा शुल्क आर्जनको हकमा तोकिएको टार्गेटमा ५० प्रतिशतको मात्रै गणना गरिने कम्पनीले जनाएको छ । म्यादी जीवन बीमा बापतको प्रिमियमलाई पनि यस इन्सेन्टिभको स्किममा गणना गरिने छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS