काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले करिब एक दशक देखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा,मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप २ लाखको चेक हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो पन्ध्रौँ बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।
बैंकले २ लाखको चेक संस्थाका संचालक राज कुमार पुनलाई हस्तान्तरण गरेको छ । बेबी लाईफ होममा रहेका २६ जना एचआईभी संक्रमित बालबालिका छन् ।
सिटिजन्स बैंकले हाल १७४ वटा शाखा, १२५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।