काठमाडौं । पछिल्लो समयमा बजार विस्तारलाई मुख्य प्राथमिकता दिएको डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले स्वास्थ्य बीमालेख नविकरणको बीमाशुल्क भुक्तानी सेवा उपलब्ध गराएको छ ।
स्वास्थ्य बीमा बोर्डबाट स्वास्थ्य बीमा गराएका बीमितहरुले जुनसुकै समयमा पछि खल्ती डिजिटल वालेटमार्फत् बीमा नविकरण गर्न सक्ने भएका छन् ।
साथै बीमा अभिकर्ता तथा सर्वेक्षकहरुको इजाजत पत्र नविकरण शुल्क समेत खल्ती वालेटमार्फत् भुक्तानी गर्न सकिने स्पारो पे प्रालिले जानकारी दिएको छ ।
अब बोर्डका बीमितहरुले आफ्नो बीमा नविकरणका लागि वडा कार्यालय तथा सम्बन्धीत कार्यालयमा धाउनु पर्ने बाध्यता हटेको छ । बोर्डले आफ्ना बीमितहरुको सेवाका लागि नविकरण बीमा शुल्क भुक्तानी गर्न एनसीएचएलका साथै, खल्तीसँग पनि सम्झोता गरिसकेको छ भने अब सोही कार्यका लागि छिट्टै इसेवासँग पनि सहकार्य गर्ने बोर्डले जनाएको छ ।