काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले १४ लाख २५ हजार ६६८ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर
विक्री गर्न लागेको हो ।
कम्पनीले लक्ष्मी बहादुर श्रेष्ठको नाममा रहेको ३ लाख कित्ता, जेनिथ इन्भेष्टमेन्ट एन्ड सेक्युरिटीको नाममा रहेको ११ लाख १० हजार ४१७ कित्ता र भुपेन्द्र राज गिरीको नाममा रहेको १५ हजार २५१ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
उक्त शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको बागबजार स्थित कार्यालयको शेयर विभागमा लिखित निवेदन सहित सम्पर्क गर्न आग्रह गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न कुनै प्रस्ताव नआएमा अन्य खरीदकर्तालाई उक्त संस्थापक शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।