Connect IPS
IME Life

बलेफी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, १ लाख ६६ हजार ३ सय ४५ जनाले पाए १० कित्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज मंगलबार बिहान ९ बजे क्यापिटलको नक्साल स्थित कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आइपीओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि आवेदन दिएका थिए । जस मध्ये ३ हजार ६ सय ४० जनाको आवेदन रद्द भई २१ लाख ६८ हजार १ सय जना आवेदकको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराई आईपिओ बाँडफाँड गरिएको हो ।

Prabhu
Crest

जसअनुसार १ लाख ६६ हजार ३ सय ४५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । ३ जनाले थप १ कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा ३ जनाले ११ कित्ता शेयर पाएका छन् भने आवेदन दिएका मध्ये २० लाख ५ हजार ३ सय ९५ जना आवेदक हात खाली भएका छन् ।

बलेफी हाइड्रोले सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको थियो भने ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको थियो । बाँकि रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता सर्वसाधारणको लागि खुला गरिएको थियो।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयनमा बाँडफाँड गरि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ विक्री खुला गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १८ लाख २७ हजार ९७० कित्ता शेयर माघ २७ गतेदेखि फागुन २६ गतेसम्म विक्री खुला गरी चैत ६ गते बाँडफाँड गरेको हो ।

स्थानीयनको कुल कित्ता शेयरमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं ७ का बासिन्दाहरुका लागि बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS