Connect IPS
IME Life

बलेफी हाइड्रोपावरको आइपीओ आज बाडफाँड हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आइपीओ आज मंगलवार बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओ प्रि अलोटमेण्ट शुक्रवार सम्पन्न गरी आज मंगलवार बाँडफाँडको तयारी भएको हो । कम्पनीले चैत १६ गतेदेखि २१ गतेसम्म १८ लाख २७ हजार ९७० कित्ता आइपीओ निष्काशन गरेको हो ।

अन्तिम दिनसम्म बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा झन्डै १५ गुणा बढीको आबेदन परेको थियो । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज सोमबार ५ बजेसम्म बलेफी हाइड्रोको आइपीओमा २० लाख ५ हजार ७४९ आवेदकबाट २ करोड ४५ लाख ६९ हजार ७७० कित्ताको लागि आबेदन परेको हो ।

Prabhu
Crest

कम्पनीले सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्रीमा ल्याएको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयनमा बाँडफाँड गरि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ विक्री खुला गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १८ लाख २७ हजार ९७० कित्ता शेयर माघ २७ गतेदेखि फागुन २६ गतेसम्म विक्री खुला गरी चैत ६ गते बाँडफाँड गरेको हो ।

स्थानीयनको कुल कित्ता शेयरमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं ७ का बासिन्दाहरुका लागि बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

आईपीओलाई इक्रा नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षामतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS