काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेपमा सुधार हुने संकेत देखिएको छ । चैत पहिलो सातामा ५ अर्बले निक्षेप घटेकोमा चौथो सातामा भने ४ अर्बले सुधार भएको छ । चार हप्ताको अवधिमा भने निक्षेप संकलन २ अर्बले मात्रै सुधार भएको छ भने कर्जा लगानी ५ अर्बले विस्तार भएको छ ।
थौथो सातासम्ममा बाणिज्य बैंकहरुले ४३ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४१ खर्ब ७७ अर्ब कर्जा लगानी गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार चैत २५ गतेसम्मको अवधिमा बाणिज्य बैंकहरुको सिडी रेसियो ९१.२२ प्रतिशत छ ।
बैंकहरुले बैशाख महिनामा निक्षेप बढ्ने अनुमान गर्दै निक्षेपको व्याजदर नबढाउने निर्णय गरेका छन् । बैशाख महिनामा चालु खर्चका साथै पूँजीगत खर्च पनि बढ्ने भएकाले बजारमा तरलता आउने अनुमान गरिएको छ । यदि बजारमा तरलता आयो भने बैंकहरुको सिडी रेसियो घट्ने र कर्जा लगानी गर्न सक्ने क्षमता बढ्ने बैंकरहरुको अनुमान छ ।