काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
मंगलवार जारी हुने यस ट्रेजरी बिलका लागि सोमवार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले ९१ दिनको लागि रू। ८ अर्ब बरावरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
यस ट्रेजरी बिल आगामी २०७९ असार २८ गते परिपक्व हुनेछ । त्यस्तै १८२ दिनको लागि २ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागिएको छ। यस बिल आगामी २०७९ असोज २५ गते परिपक्व हुनेछ । त्यसैगरी १ वर्षका लागि ५ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागिएको छ।
यस बिल पनि आगामी २०७९ चैत २८ गते परिपक्व हुनेछ ।