Connect IPS
IME Life

आजदेखि अपि पावरको हकप्रद शेयर निष्काशन, कहिलेसम्म शेयर किन्नेले भर्न पाउँछन् ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपि पावरले आज चैत २५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दैछ । कम्पनीले ३९ दशमलव ३६ प्रतिशत अर्थात् १ कित्ता बराबर शुन्य दशमलब ३९३६ का दरले १ अर्ब ८ करोड ६० लाख बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले फागुन २६ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको लागि अनुमति पाएको हो । हाल कम्पनीले ४० मेगावाटको अपर चमेली परियोजना निर्माण गरिरहेको छ भने केहि मेगावाटको सोलार परियोजना समेत निर्माण गरिरहेको छ।

Prabhu
Crest

कम्पनीले हकप्रद निष्काशनको लागि चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले चैत १३ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले बैशाख १५ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।

उक्त हकप्रद शेयरमा मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा–नागढुङ्गा, नारायणगढ, सुर्खेट, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा कार्यालय आवेदन दिन सकिनेछ। यसका साथै ग्लोबल आइएमई बैंकका बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीय शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS