काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३५ दशमलव ६६ अंकले बढेको छ । आज २ अर्ब १२ करोड १५ लाख ११ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरे नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ७ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्राइम कमर्सियल बैंकको ६ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ६ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोडमाथिको शेयर कारोबार भएको छ ।