Connect IPS
IME Life

कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयरमा नबिकेको शेयर गत चैत १६ गतेदेखि लिलामीमा ल्याएको हो ।

कम्पनीले गत माघ ७ गतेदेखि फागुन १६ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको १ लाख २० हजार १२० कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको हो ।

Prabhu
Crest

उक्त शेयर खरीद गर्न इच्छुक शेयरधनीले बिहीवार कार्यालय समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बोलपत्र विक्री प्रबन्धकसँगै सिभिल बैंकका शाखा कार्यालय विराटनगर, वीरगञ्ज, पोखरा, सुर्खेत नेपालगञ्ज, धनगढी तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा शाखा कार्यायहरुमा बोलपत्र पेश गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS