Connect IPS
IME Life

श्रीमतिको जन्म दिनमा तेज बहादुर खत्रीले दिए ६० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन बर्षौ देखि रहँदै आएको छ । पहिले उपहार दिदाँ घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ ।

पछिल्लो समय भने जीवन बीमालाई आम जनताको दैनिकीसँग जोड्दै चार्ड पर्व, जन्म दिन तथा विवाह, ब्रतबन्धमा जीवन बीमा पोलीसी उपहारका रुपमा दिने चलन बढ्दै गएको छ । यसैबीच भैरहवाका सफल व्यवसायी एवम् समाजसेवी तेज बहादुर खत्रीले आफ्नो जीवनसंगिनीको ४०औँ जन्मदिनको अवसरमा आफ्नो श्रीमतिलाई जीवन बीमा पोलिसी उपहार दिएका छन् । व्यवसायी खत्रीले आफ्नो श्रीमती भगवती खत्रीलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन अग्रिम भुक्तानी बीमा योजना अन्तर्गत ६० लाखको बीमा पोलिसी उपहार स्वरुप दिएका छन् ।

Prabhu
Crest

बीमा पोलिसी हस्तान्तरण गर्दै उनले बीमा गर्दा आर्थिक बचत हुने र नोक्सानी भएको हकमा क्षतिपूर्तिको सुनिश्चिता भएको हुदाँ जीवन बीमा अतिआवश्यक रहेको बताए । जीबन बीमा गर्ने योजना पहिले नै बनाएको र बिशेष दिनमा उपहार स्वरुप दिदाँ आकर्षक उपहार हुने र अन्यलाई समेत उत्प्रेरणा मिल्ने हुदाँ सो उपहार दिएको उनले बताए । अन्य उपहार खरिद गर्दा खर्चहुने रकम बीमामा भुक्तानी गर्दा भविष्यको लागी उपायोगी बचत हुने उनको भनाई छ ।

उक्त पोलिसी हस्तान्तरण कार्यक्रममा कम्पनीका भैरहवा एरियाका क्षेत्र प्रमुख नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल साथै एजेन्सी म्यानेजर आस्था के।सी र मधु रायमाझीको उपस्थिती रहेको थियो

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS