काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बढेको छ। नेपाल आयल निगमले आज एक बिज्ञप्ती जारी गर्दै पेट्रोल र डिजेलमा प्रति लिटर ५ रुपैयाँ बढाएको छ भने खाना पकाउने ग्यास प्रति सिलिण्डर २५ रुपैयाँले बढाएको छ ।
पेट्रोलको मुल्य बढेर प्रतिलिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल मट्टीतेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ। खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य पनि प्रति सिलिण्डरर १६०० रुपैयाँ कायम राखिएको छ ।
साथै हवाई इन्धन आन्तरिकको मूल्य पनि ५ रुपैयाँले वृद्धि गरि प्रति लिटर १५६ रुपैयाँ कायम गरिएको छ ।