काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरको विशेष प्रस्ताव सहित साधारणसभा डाकेको छ । कम्पनीले बैशाख १४ गते चौथो वार्षिक साधारणसभा आयोजना गर्ने भएको हो । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।
सभारले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूची तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ । सभामा सञ्चालक समितिको निर्वाचन गर्ने कार्यतालिका रहेको छ ।
त्यस्तै विशेष प्रस्तावहरुमा सर्वसाधारणलाई छुट्टाइएको शेयर जारी गर्ने रहेको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न/गाभिन वा प्राप्ती गर्न आवस्यक भएको अवस्थामा गाभ्न गाभिन वा प्राप्ती गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गर्ने विशेष प्रस्ताव रहेको छ ।