काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीका बीमितहरुको नविकरण बीमा शुल्क तिर्नु गर्ने मिति २०७६ चैत १ गतेदेखि २०७८ माघ २९ गतेसम्म आवश्यक प्रकृया पूरा गरी बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्क –ब्याज) मा शतप्रतिशत छुट गर्ने जनाएको छ ।
यस योजना २०७८ चैत मसान्तसम्म मात्र लागु हुने कम्पनीले जनाएको छ । जसका लागि कम्पनीले कम्पनीको कर्पोरेट तथा प्रदेशस्थित शाखा कार्यालय, तथा उपशाखा कार्यालयहरुबाट र अभिकर्तासँग सम्र्पक गर्न आग्रह गरेको छ ।