काठमाडौं । आज सोमबार नेप्से परिसूचक १५ दशमलव ९४ अंकले घटेर २,४९७ दशमलव ३२ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । आज ३६ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १४६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमा्एका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ९ दशमलव १२ प्रतिशतका दरले कमाएका छन् । आरबीबी म्युचुअल फण्डका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै सिटिजन म्युचुअल फण्ड २ का इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ५ प्रशिततका दरले गुमाएका हुन् ।