Connect IPS
IME Life

नेप्से १४ अंकले घट्दा सबै उपसूचक रात्ताम्मे, कारोबार रकम १ अर्ब ५८ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजार नेप्से परिसूचक ओरालो लागेको छ । आज सोमबार नेप्से परिसूचक १४ दशमलव ८८ अंकले घटेर २,४९८ दशमलव ५३ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । आज ३६ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १४६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२६ वटा कम्पनीको ३४ करोड २९ लाख ९१७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै इमर्जिङ नेपालको शेयर कारोबार भएको छ । कम्पनीको ६ करोड ३९ लाख रुपैयाँकोे शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १४ सय ७० रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

त्यस्तै, नविल बैंकको ५ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ३ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमा्एका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ९ दशमलव १२ प्रतिशतका दरले कमाएका छन् । आरबीबी म्युचुअल फण्डका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै सिटिजन म्युचुअल फण्ड २ का इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ५ प्रशिततका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS