काठमाडौं । नेप्सेमा रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलोपरको बोनश शेयर सूचिकृत भएको हो । रिलायन्स फाइनान्सको १३ लाख ७३ हजार ४८६ दशमलव ५० कित्ता र नेपाल हाइड्रो डेभलोपरको २ लाख ९ हजार ३०० कित्ता बोनश शेयर शेयर सूचिकृत भएको हो ।
नेपाल हाइड्रो डेभलोपरको पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । रिलायन्स फाइनान्स कम्पनीको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।
अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।