काठमाडौं । चैत्र १८ गते बाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इबिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको छ । डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवद्र्धकहरुलाई प्रवद्र्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने समेत उद्देश्यले यस योजना आयोजना गर्न लागिएको हो ।
आज गण्डकी प्रदेशबाट आरम्भ भएको यो कार्यक्रममा एनआइबिएल एस क्यापिटलले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको एनआइबिएल एस क्यापिटलले यस कार्यक्रममा सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउने र आफ्नो संस्थागत परामश सेवामार्फत् नविनतम योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य रहेको बताइएको छ ।
एनआइबिएल एस क्यापिटलले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन व्यवसायको सम्भाव्यता अध्ययन गर्ने पूँजी संकलन गर्ने ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गन र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।