IME Life
GBIME

दोस्रो दिन बलेफी हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा दोस्रो दिनसम्म मागभन्दा धेरै आवेदन परेको छ । आज कम्पनीको आइपीओमा ५.५७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीवार साँझ ५ बजेसम्म १० लाख ६२ हजार ५७५ जना आवेदकहरुले १ अर्ब २६ करोड १ लाख ५१ हजार बराबरको १ करोड २६ लाख १ हजार ५१० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले बुधवारदेखि आजदेखि बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काश गर्ने भएको छ । बलेफी हाइडोपावरले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आइपीओ निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ ।

Crest

अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १८ लाख २७ हजार ९७० कित्ता शेयर माघ २७ गतेदेखि फागुन २६ गतेसम्म विक्री खुला गरी चैत ६ गते बाँडफाँड गरेको थियो । दोस्रो चरणमा पनि सोही अनुपातमा सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ विक्री गर्न लागेको हो ।

सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । यी बाहेक बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर भने सार्वजनिक निष्काशनमार्फत विक्रीमा आउन लागेको हो ।

आईपीओ खरीदका लागि छिटोमा चैत २२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरे ढिलोमा चैत ३० गतेसम्म आईपीओ विक्रीको मिति कम्पनीले तय गरेको छ । तर यस अघिको आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा चैत २१ गतेसम्म मात्र यस आईपीओ विक्रीमा रहने देखिन्छ ।

यस आईपीओ खरीदका लागि न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । यस आईपीओलाई इक्रा नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षामतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ ।

आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवमा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको संस्थापकहरुबाट चुक्ता भएको पूँजी ८० प्रतिशत पूँजी १ अर्ब ४६ करोड २३ लाख ७६ हजार रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS