Connect IPS
IME Life

ज्योति लाइफको प्रिमियम इसेवा मार्फत भुक्तानी गर्दा आकर्षक क्यास ब्याक पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत ज्योति लाइफ इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाउन सकिने भएको छ । इसेवाले अनलाइन मार्फत प्रिमियम भुक्तानीका लागि प्रोत्साहन गर्न यस्तो योजना सञ्चालनमा ल्याएको हो ।

यस योजना अनुसार ज्योति लाइफका बीमितहरुले प्रिमियमको ०.५ प्रतिशत देखि अधिकतम एक हजार रुपैपाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना चैत्र १५ गतेदेखि लागु हुनेछ ।

Prabhu
Crest

यस योजनामा सहभागी हुनका लागि इसेवामा केवाइसी भेरिफाइ भएको हुनुपर्नेछ भने प्रिमियम बुझाउने म्याद ७ दिन ननाघेको हुनुपर्नेछ । बीमितले आफुले प्रिमियम भुक्तानी गरेको ४८ घण्टाभित्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् । इसेवामार्फत नेपालका सबै लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्न सकिन्छ ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS