Connect IPS
IME Life

नेप्से ४० अंकले बढ्दा सबै उपसूचकमा हरीयाली, सिद्धार्थ इन्स्योरेन्सको सर्वाधिक कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४० दशमलव ६८ अंकले बढेर २,५६८ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज १७८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ । आज सबै उपसूचक हरियाली भएका छन् । आज सबैभन्दा धेरै अन्य उपसूचक ४ दशमलव १२ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा २३२ वटा कम्पनीको ४५ करोड २ लाख ५११ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २५ करोड १ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ११ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य भने १ हजार २५ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

त्यस्तै, प्रभु बैंकको संस्थापक शेयर १० करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १० करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ६ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका शेयरधनीले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानकिर्ताले ९ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै एनसीसी डिबेञ्चर ८६ का इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS