Connect IPS
IME Life

एनएमबि बैंकको सप्ताहब्यापी वित्तीय सारक्षता कार्यक्रम दैलेख र सुर्खेतमा सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

वीरेन्द्रनगर । एनएमबि बैंक कर्णाली प्रदेश कार्यालयको संयोजनमा दैलेख र सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम सप्ताहब्यापी रुपमा गरिएको छ । दैलेखका तिन वटा र सुर्खेतका तिन वटा स्थानीय तहमा वित्तीय साक्षरता अभिमुखिकरण कार्यक्रम गरिएको हो । वित्तीय सारक्षता कार्यक्रममा बैंकले दिने सेवा सुविधाका बारेमा स्थानीयहरुले ज्ञान लिने मौका पाएका हुन् ।

कार्यक्रममा ७५ प्रतिशत महिला सहभागी रहेका थिए । बैंकका कर्णाली प्रदेश एरिया मेनेजर मित्रराज प्याकुरेल, सुर्खेत शाखा ऋण शाखा प्रमुख निर्मल गौली, ब्यवसायी विकास अधिकृत खगेन्द्र पाण्डेले वित्तीय साक्षरता कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

Prabhu
Crest

सुर्खेतका पंञ्चपुरी नगरपालिका, लेकबेंसी नगरपालिका, बराहताल गाउँपालिका र दैलेखका नारायण नगरपालिका, गुरासँ गाउँपालिका र नौमुले गाउँपालिकामा ६ सय ५० जना सहभागीहरुविच वित्तीय साक्षरता कार्यक्रम गरिएको एनएमबि बैंकका कर्णाली प्रदेशका एरिया म्यानेजर मित्रराज प्याकुरलेले बताए ।

आम्दानी, खर्च, बचत, ऋण, सापटी तथा बजेटको आधारभुत ज्ञान, पैसाको सदुपयोग र सही तरिकाले ब्यवस्थापन, सही आर्थिक निर्णय गर्न, बैंकिङ्ग तथा वित्तीय संस्थासंग कारोवार गर्न तथा भविष्यमा वित्तीय ब्यवस्थापनमा सघाउ पुर्याउनका लागि वित्तीय साक्षरता कार्यक्रमले गरिएको बैंकले जनाएको छ ।

त्यस्तै बैंकका कर्णाली प्रदेश एरिया मेनेजर प्याकुरेलले सहभागीहरुले आर्थिक संकट पूर्वाअनुमान गरेर अनावश्यक ऋण बोझबाट जोगिने, सिमित आयबाट पनि दैनिक खर्च, भैपरी आउने खर्च र ब्यापार ब्यवसाय ब्यवस्थापन गर्न सिकाउने, विशेष यूवाहरुलाई बचत गर्ने बानी र वित्तीय सेवा बसाल्न र वित्तीय सेवा लिन फाईदा साक्षरता कार्यक्रमले बताए ।

कार्यक्रममा ए टि एम मेसिन, मोवाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड (एटिएम कार्ड) र क्रेडिट कार्ड लगायतका विषयमा सहभागीहरुलाई ज्ञान सहभागीहरुलाई दिएको बैंकले जनाएको छ ।

कर्णाली प्रदेशको सुर्खेत र दैलेखमा एनएमवी बैंकका ३ वटा शाखा रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS