IME Life
GBIME

आजदेखि कर्पोरेट डेभलपमेन्ट बैंकको अवितरित हकप्रद शेयर लिलामीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको छ । कम्पनीले गत माघ ७ गतेदेखि फागुन १६ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको १ लाख २० हजार १२० कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो ।

यस शेयर खरीदका लागि चैत २४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यस शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

Crest

उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

आवेदकले बोलपत्र विक्री प्रबन्धकसँगै सिभिल बैंकका शाखा कार्यालय विराटनगर, वीरगञ्ज, पोखरा, सुर्खेत नेपालगञ्ज, धनगढी तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा शाखा कार्यायहरुमा प्राप्त गर्न र पेश गर्न सकिने बैंकले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS