Connect IPS
IME Life

लुम्बिनी जनरलको प्रायोजनमा ओपन गल्फ टुर्नामेन्ट २०२२ सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा खेलकुंदको बिकासको लागि सामाजिक उत्तरदायित्व कार्यक्रम चैत्र ११ र १२ गते त्रिभुवन बिमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा दुई दिने ओपन गल्फ टुर्नामेन्ट २०२२ सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा १०० जना खेलाडीहरु सहभागी भएका थिए । सहभागी विजेता खेलाडीहरुलाई बिभिन्न १६ वटा बिधाको लागि पुरस्कार तथा पदकहरु वितरण गरियो ।

Prabhu
Crest

प्रतियोगितामा Winner Men’s  मा अवका सप्राप्त कर्णेल सशी बिक्रम सिंह, Runner-Up Men’s मा अतिरिक्त प्रहरी महानिरिक्षक हरि बहादुर पाल, Gross Winner मा सुरज श्रेष्ठ, Ladies Winner मा तारा कार्की चित्रकार, Ladies Runner-Up मा रेखा घिमिरे, Senior winner मा मेजर जनरल विजय मोक्तान, Senior winner मा सन प्रसाद प्रधान, Hole ln One Hole No. 6 मा जयबिर आचार्य, Junior Winner-Boy मा अभिमन्यु कार्की, Junior Runner-Up Boys जयबिर आचार्य, Junior Winner-Girls मा इष्टेना टण्डन, Junior Runner-Up Girls मा  सुश्री अन्वद्या मल्ल, Most Birdies मा अवकास प्राप्त बरिष्ट प्रहरी उपरिक्षक राजेन्द्र श्रेष्ठ, Longest Drive @ 11 मा सानु सान्यो शाही, Closest to the Pin @ 12 मा ताहिर शाह र Best Sportsmanship मा अनिल सिन्हा विजयी भएका थिए ।

समारोहमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहर दास मुलले अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त रहेको गल्फ प्रतियोगिताको माध्यमबाट खेलकुंदको बिकासमा योगदान गर्ने र नयां पुस्तालाई यस खेलतर्फ आकर्षित गर्ने उद्देश्य सहित कम्पनीले सन् २०१८ र २०१९ मा पनि यसै गरी Golf Tournament को प्रायोजन गरेको, सन् २०२० र २०२१ मा कोरोना संक्रमणको कारण प्रतियोगिता सम्पन्न हुन नसके पनि यस वर्ष पुनः उक्त कार्यक्रमलाई निरन्तरता दिइएको जनाए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS