काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव २६ अंकले घटेर २,५२७ दशमलव ५८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २२५ वटा कम्पनीको ३८ करोड ९० लाख १३१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ७ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १ हजार ४७ रुपैयाँ कायम भएको छ । ग्लोबल आइएमई बैंकको ७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३१४ रुपैयाँ रहेको छ ।
त्यस्तै, नेपाल लाइफको ६ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको ५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।