IME Life
GBIME

मन्जुश्री फाइनान्सको ४०% बोनश शेयरधनीहरुको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मन्जुश्री फाइनान्सको ४० प्रतिशत बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले उक्त बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृत गराएपश्चात सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गरेको हो ।

कम्पनीले चैत ११ गते ४० प्रतिशत बोनश शेयर बापतको ३८ लाख ६१ हजार ५७९ कित्ता शेयर नेप्सेमा सूचिकृत गराएको थियो । कम्पनीले गत पुस २९ गते सम्पन्न १४ वार्षिक साधारण सभाबाट उक्त बोनश शेयर वितरणको प्रस्ताव पारित गरेको हो ।

Crest

पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा बोनश शेयर जम्मा गरिसकेको र त्यसपश्चात अभौतिकीकरण गराएकाको हकमा क्रमशः जम्मा गर्दै जाने कम्पनीले जनाएको छ ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथाशिघ्र गराई उक्त बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS